Prakash Saput

म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दि” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ

  • June 8, 2019
  • 211

Prakash Saput

म जहाँ पुगेको छु त्यहा केबल “गल्बन्दि” को सफलताको चर्चा मात्रै भएको छैन लोक संगित र मौलिकताको सवाल समेत दरो गरि उठेको छ । विभिन्न पेशामा आवद्द नेपाल भित्र र बिश्व भरि बाट धेरै नेपालीहरुले हाम्रो लागि हाम्रै गित निकाल्नु भएकोमा धन्यबाद भन्दै लामो लामो म्यासेज गर्नु भएको छ । हिजो मात्रै यसअघि पर्सनल्ली चिनजान नभएको भएपनि आईजिपि सर्वेन्द्र खनाल ज्युले प्रत्यक्ष फोन नै गरेर राम्रो र मौलिक गित पस्कनु भएकोमा धन्यबाद दिदै यसलाई निरन्तरता दिन आग्रह गर्नु भएको थियो । यो एउटा उदाहरण मात्रै । जो यसअघि लोकदोहोरी गितका नियमित पारखि होईनन उनीहरुको समेत यता रुचि बढेको छ। यो पर्सनल्ली मेरो र बोलमाया/ गल्बन्दी टिमको भन्दा पनी समग्र लोक संगित कर्मिका लाग सुखद कुरा हो जस्तो लाग्छ । गल्बन्दी शब्द संगितले मात्रै भन्दा पनि यसको मौलिक र स्वभाविक प्रस्तुतीकरण ले मन पराईएको हो र अन्तत : नेपालीलाई नेपालीपन नै मन पर्ने रैछ भन्ने कुरा गित संगित, चलचित्र, साहित्य सबै तिर पुनर्विचार हुन थालेको छ ।हामीले कुनै पनि हालतमा त्यो विश्वासलाई बिच्कन दिनुहुन्न है । ( रेडियो कान्तिपुरको शैली (शुक्रवार बिहान ९–१०) कार्यक्रम का लागि प्रस्तोता एंव गितकार भुपेन्द्र खड्का दाई संग रेकर्ड मा र स्टेशन म्यानेजर दिनेश डिसी सर संग अफ द रेकर्ड मा गल्बन्दी र मौलिकताका विषयमा यस्तै यस्तै धेरै बेर कुराकानी गर्यौ ।)
#Galbandi_Still_Trending_On1
👉 https://youtu.be/QNInfBuBcOA

तपाईको प्रतिक्रिया