Prakash Saput

BOLA MAYA || Interview मा मन छुने गीत गाइन् शान्तिले, अञ्जलीलाई फिल्ममा अफर | Prakash, Shanti

  • June 12, 2018
  • Kalakarita

जब प्रकाश सपूतको ‘बोल माया’ जन्मियो (भिडियो)

आइतबार, जेठ २७, २०७५, ११ : १६ अर्घेलो थापा

बोल माया एक बचन बोल…
तिम्रै बोली छ मलाई अनमोल

यो गीत पछिल्लो समयको चर्चित लोकगीतमध्ये सर्वाधिक लोकप्रिय गीत हो, जुन गीतले लोकगीतको बजारलाई नै तरंगित बनाइदिएको छ । गीत रातारात हिट भयो । गीतसँगै यसको भिडियो मेकिङको पनि उत्तिकै तारिफ भयो । हजारौं हजार प्रतिक्रिया आइदिए एउटै गीतमा । त्यो पनि केही घण्टामै ।

यतिबेला प्रकाश सपूतलाई त्यही गीतले नयाँ उचाइ थपिदिएको छ । प्रकाश मात्र होइन, गीतसँग जोडिएको पूरै टिम उत्तिकै धन्यवादका पात्र बनेका छन् ।

धेरै नेपालीको मथिङ्गल हल्लाइदिने यो गीत त्यति सहजै सिर्जना भएको भने थिएन ।

प्रकाश भन्छन्, ‘यो गीतमा मुख्य कथा एउटै भएपनि उप–कथा धेरै जोडिएका छन्, ती सबै आफ्नै वरिपरिका घटना हुन् ।’

लोकगीतको बजार साह्रै चकलेटी र अनुत्तरदायी बन्दै गइरहेका बेलामा प्रकाश सपूतले गीतमा थोरै भएपनि नयाँपनको खोजी गरे । आम मानिसमा लोकगीतप्रतिको दृष्टिकोण नै संकुचित हुँदै गएको थियो । उनी आफैलाई पनि लाग्न थालेको थियो कि, लोकगीत सुन्ने दर्शकको सङ्ख्या धेरै छैन, हामीलाई सुन्दै आउनुभएका केही दर्शकले मात्र सुन्ने हो हाम्रा गीत ।

घरको जेठो छोरो प्रकाशसँग परिवारको बढी आशा हुने नै भयो । त्यसैले उनीमाथि परिवारको जिम्मा अझै बढी थियो । हुने नै भयो ।

अहिले प्रकाशलाई यो स्वीकारोक्ति गलत लाग्न थालेको छ । ‘लोकगीत भनेपछि धेरै क्लिक हुन्न भन्ने लागेको थियो, तर लोकगीतलाई पनि फरक तरिकाले प्रस्तुत गर्न सक्यो भने हामीले शहरका स्रोताको मन पनि जित्न सक्ने रहेछौं, लोकगीतको बजारबारे भ्रममा रहेछौं ।’, सपूत स्वीकार्छन् ।

यसअघि लोक ब्याटल सार्वजनिक गरेर तन्नेरी युवाको ध्यान लोकगीततिर तानेका थिए । केहीले भने लोकगीतलाई बिगार्‍यो भन्ने आरोप पनि लगाएका थिए । त्यसको लगत्तै आएको ‘बोल मामा’ ले प्रकाशलाई हिरो बनाइदिएको छ ।

बाल्यकालका ती दिन

आर्थिक रुपमा उनको परिवार त्यति धनी थिएन । पैसाले सधैजसो निहुँ खोजिरहन्थ्यो, पत्याइदिन्थेन । घरको स्थिति न्यून थियो त्यही न्यून स्थितिलाई थोरै भएपनि टाल्न बा बलबहादुर विक विदेश जान्थे कमाउन ।

घरको जेठो छोरो प्रकाशसँग परिवारको बढी आशा हुने नै भयो । त्यसैले उनीमाथि परिवारको जिम्मा अझै बढी थियो । हुने नै भयो ।

‘बुवा सधैभरी कमाउन भन्दै विदेशमै हुनुभयो, धेरै त भारतमा काम गर्न जानुभयो, मलेसिया र दुबई पनि पुग्नुभयो, घरमा मेरो जिम्मा थियो, त्यही जिम्माले जीवन बुझ्न र व्यावहारिक हुन सिकायो,’ प्रकाश सपूत आफ्नो बाल्यकाल सम्झँदै भन्छन्, ‘तर, घरको काम गर्न भने खासै रुचि नलाग्ने, आमालाई घाँस काट्न लगाएर बोकेर आउने, सानैदेखि हिरो हुने भूत रहेछ ममा ।’

उनी यतिबेला मुसुक्क हाँसे ।

घरमा खासै काम नगर्ने तर बा–आमालाई आशा देखाउन भने कहिल्यै नछोड्ने, सधै ठूल्ठूला सपना देख्ने र देखाउने ।

सपना ठूला तर आर्थिक स्थिति सधै बाधक । त्यसमाथि घरको जेठो छोराबाट परिवारको धेरै आशा । उनलाई आफ्ना र परिवारका सपना ब्यालेन्स मिलाएर पूरा गर्नुपर्ने थियो ।

हिरो हुने सपनाको अन्त्य

गाउँमा हुँदाको त्यो जोश नै अर्कै भएको बताउँछन् प्रकाश । साथीहरुसँग भलिबल खेल्ने, गाउँमा हुने प्रायः कार्यक्रममा पुग्ने, गाउँकै पाखामा पुगेर नेपाली र हिन्दी फिल्मका हिरोहरुको नक्कल गर्ने ।

‘त्यतिबेला मलाई साँच्चै हिरो हुने रहर थियो, पछिसम्म पनि मलाई आफू चर्चित हुन पाए हुन्थ्यो भन्ने सपनाले छोडेन, तर अहिले त्यस्तो लाग्दैन,’ प्रकाश मसुक्क मुस्कुराउँदै सुनाउँछन्, ‘अँ, अहिले त्यो हिरोइज्म स्वभाव हरायो, कुनैबेला त लाग्थ्यो, मेरा पनि फ्यान होऊन्, अगाडि पछाडि कोही होऊन् ।’

तर, फेरि सोचे – ‘घाटा र नाफाको कुरा हैन, यो गीत मेरो ड्रिम प्रोजेक्ट हो, निकाल्छु ।’

यही सपनाको सानो टुक्रा उनले ‘बोल माया’ गीतको भिडियोमा टपक्क राखिदिएका छन् । त्यो उनको कुनै बेलाको जिउँदो सपना थियो उनको ।

‘बोल माया’ एकैपटक तयार भएको थिएन

चकलेटी बजारले मार्केट तानिरहेका बेला ‘बोल माया’ पनि रुचाइयो । यो गीतको रचना गर्भ त्यति सहज नभएको प्रकाश सुनाउँछन् । ‘यो विषयमा गीत तयार पार्छु भनेर लागेको नै धेरै समय भयो, अरु कार्यक्रममा जाँदा पनि यही गीत गु्नगुनाइरहेको हुन्थें, मेरो दिमागमा धेरै पहिलेदेखि यो गीतको फ्रेम तयार भइरहेको थियो,’ उनी अगाडि थप्छन्, ‘अहिले नै यो गीत ल्याउनु अलि हतार हुन्छ कि भन्ने लागेको थियो, तर दर्शकले अथाह माया दिनुभयो, गीतका शब्द मैले एक्लै हुँदा गुनगुनाउँदा नै तयार पारेको हुँ ।’

चकलेटी बजारमा यो गीत सार्वजनिक गर्न त्यति सहज थिएन, उनलाई लागेको थियो – घाटा हुने हो कि !

तर, फेरि सोचे – ‘घाटा र नाफाको कुरा हैन, यो गीत मेरो ड्रिम प्रोजेक्ट हो, निकाल्छु ।’

अहिले यो गीतले उनीसहित उनको टिमलाई दर्शकले माया नै माया दिएका छन् । ‘एक मित्रले मलाई यथास्थितिवादी, निराशावादी गीत गाइस् पनि भन्नुभयो, तर मलाई के लाग्छ भने सबै गीतले आन्दोलन गर्दैनन् तर चेत जगाउँछन्, मैले यसमा त्यही चेत जगाउन खोजेको हुँ ।’, उनी आँखामा लगाएको पारदर्शी चश्मा मिलाउँदै सुनाउँछन्, ‘यो गीतका कारण धेरैले रोएँ भन्नुभयो, मन छोयो भन्नुभयो, धेरै सकारात्मक प्रतिक्रिया दिनुभयो, सोचेभन्दा राम्रो प्रतिक्रिया आयो ।’

जातीय गीत गाउने सपना

प्रकाश भन्छन्, ‘म अब यो क्षेत्रबाट टाढा भएँ भने पनि कुनै गुनासो छैन, किनकि मैले जस्तो गीत गाउन चाहेको थिएँ, त्यो गीत दर्शक तथा स्रोतालाई दिन पाएँ ।’

तर प्रकाशलाई अब जातीयता विरुद्धको गीत गाउन मन छ । जुन गीतले समाज परिवर्तनका लागि कुनै न कुनै सन्देश दिन सकोस् । उनको बुझाइमा यस्ता गीतले समाज परिवर्तनका लागि भूमिका खेल्छन्, मान्छेको मनसम्म पुग्ने बलियो माध्यम हो गीत ।

आत्म स्वीकारोक्ति

उनको बुझाइमा लोकगीत प्राकृतिक कुरा हो । लोकगीत नेपालको मौलिक गीत हो । अरु गीत मिडिया हुँदै अन्य स्रोता तथा दर्शकसम्म पुग्छन् तर लोकगीत स्रोताबाट बल्ल मिडियामा आउँछन् ।

‘मिडियाको विकास नहुँदा पनि लोकगीत एक ठाउँबाट अर्को ठाउँमा पुगेको थियो, यसमा मौलिकता छ, स्वतस्फुर्तता छ,’ सपूत अगाडि भन्छन्, ‘हुन त सिर्जनालाई विधागत रुपमा हेर्न मिल्दैन किनकि संगीत भनेको संयोग पनि हो, कुन गीतले मन छुन्छ भन्ने थाहा हुँदैन ।’

यसो भन्दाभन्दै उनी के पनि भन्छन् भने नेपाली लोकगीतलाई हेय दृष्टिले हेर्ने पनि छन् । यसको कारण आफ्नै (सर्जक) कै कमजोरी भएको उनी स्वीकार्छन् ।

‘लोकगीतकै कारणले आफूले पालेको हिनता वोध हट्यो, सबै दर्शकको मनमा लोकगीत रहेछ, हामीले त्यसलाई प्रस्तुत गर्न नजानेका रहेछौं,’ उनी भन्छन्, ‘ब्याटल गीत गर्दा एकथरी दर्शक तान्न सकिएको थियो, हामीले प्रस्तुतिमा आुधनिकता दिन नसकेरै यो क्षेत्र पछाडि परेको रहेछ ।’

‘यसको दोषी हामी नै हो ।’, उनी स्वीकार्छन् ।

भिडियोका बारे

गीत तयार भइसकेपछि भिडियो बनाउन त्यति सहज थिएन, त्यति गाह्रो पनि थिएन । शुरुमा लोकेसनका हिसाबले घान्द्रुक जाने कि भन्ने सोच पनि थियो टिमको । ‘पहिले घान्द्रुक जाने सोचेका थियौं, तर पछि सहजताका लागि हामी मेरै गाउँ गयौं,’ उनी सम्झन्छन्, ‘आफ्नै गाउँ भएपछि निर्देशन गर्न पनि सहज भयो, आफन्तलाई काम लगाउन पनि सहज भयो, भिडियोमा देखिने पनि आफन्त नै हुनुहुन्छ ।’

अनलाइनमा हेरेर ‘काठैको बाकस’ तयार गरेको उनी बताउँछन् । ‘हुन त फिल्ममा मेरो दृश्य धेरै छैन, तर आफैले निर्देशन गर्नुपर्दा कतिपटक त मेरो सट्टा सिरक राखेर शूटिङ गरेको छु, भाइले पनि सहयोग गरेको छ ।’

भिडियो अन्तर्वार्ताः

तस्वीर/भिडियोः आर्यन बिमली

तपाईको प्रतिक्रिया