Prakash Saput

|| सप्तरंग -२ || बिरगन्ज || सप्तरंग साच्चिकै बिशाल र गर्विलो सागंतिक कार्यक्रम

  • November 13, 2019
  • 1863

Prakash Saput
Prakash Saput is feeling proud.

#प्रदेश न-२ #बिरगन्ज
लोक लय त सबैको हुन्छ । मैथीली गित पनि लोक गित हो । भोजपुरी गित पनि त्यहाको लोक गित नै हो । तर बिरगन्जको बिचमा दशौ हज़ार दर्शकलाई पश्चमेली दोहोरी शैलीको लोक गित सुनाउन पाउछु र उनिहरुले यस्तो जोशिलो साथ दिन्छन भन्ने चै सोचेको थिएन । केहिले गल्बन्दी सुनेको भनेर प्रतिक्रिया दिए पनि म बिरगन्जको लागि अपरिचित कलाकार नै हु । उनीहरुले यसरी साथ दिनुको पछाडि संगितको शक्ति र राष्ट्रियता ले काम गरेको छ । यो एउटा भव्य अनुभव र अबसर हो । यो अबसरले संगितको क्षेत्र र व्यक्तिगत रुपमा मेरो परिचय लाई पनि फराकिलो बनाईदिएको छ । किनकि मलाई नसुनेका नचिनेका नेपालीहरुलाई प्रत्यक्ष भेटेर आफ्नो बनाउन पाईएको छ । देश देख्न पाईएको छ । नेपालका धेरै ठाउमा यस अगाडिनै पुगेको छु । तर बिरगन्जमा आईपुग्दा चाहि सप्तरंग साच्चिकै बिशाल र गर्विलो सागंतिक कार्यक्रम हो भन्ने लाग्यो । राम्रो कन्सेप्ट र कार्यक्रमका लागि #Grishma_broadcasting लाई धन्यबाद । अब सप्तरंग -२ को भेट २४ गते चितवन नारायणि किनारमा हुनेछ ।

तपाईको प्रतिक्रिया